arrow

युक्रेन आक्रमणको ४१ दिन, नरसंहारको पर्दा खुल्दै, जनावर झन् मुस्किलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
ukraine-attack-20222.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको ४१ दिन भइसकेको छ । यस क्रममा नरसंहरको असली पर्दा खुल्दैछ । विस्तारै रुसी सेना पछाडि हट्दै गर्दा ती क्षेत्रहरुमा नरसंहारको क्रुर पर्दा खुल्दै गएको हो । 

जुन क्षेत्रबाट रुसी सेना पछि हटेको छ त्यो क्षेत्रमा जाँदा शवका टुक्राहरु यत्रतत्र छरिएका छन् । शवका कारण नरसंहारको दर्दनाक स्थिति देखिएको छ । 

बुचा शहरमा नरसंहारपछि शव यत्रतत्र देखिन थालेका छन् । अझ बोरोड्यांकमा स्थिति बुचाको भन्दा पनि खराव रहेको बताइन्छ । युक्रेनी अधिकारीले मर्नेको तथ्यांक नदिए पनि स्थिति निकै दयनीय भएको बताएका छन् । 

बुचाको नरसंहारपछि अमेरिकाले रुसमाथि कडा प्रतिक्रिया जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक पटक फेरि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका छन् । उनीमाथि मुद्दा चलाउनु पर्ने मागसमेत बाइडेनले गरेका छन् ।

त्यस्तै मायकोलाइवका मेयर अलेक्जेन्डर सेनकेविचका अनुसार हिजो बिहान रुसी हमलामा परी १० जनाको ज्यान गएको छ भने ४६ जना घाइते भएका छन् । 

हिजो रुसी सेनाले २ अस्पताल, एक अनाथालय, ११ किन्डरगार्डेन र १२ स्कुलमा हमला गरेका थिए । 

यतिसम्मकी युक्रेन आक्रमणका कारण मानिसको स्थिति त खराव भएकै छ जनावरसमेत बाँच्ने अवस्थामा छैनन् । घरपालुवा जनावर अधिकांशले ज्यान गुमाइसकेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ