arrow

रुसमाथि थप प्रतिबन्ध लगाउँदै अमेरिका र ईयू, अहिलेसम्म के के छन् ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
russia-usa-blinken-lavrob.jpg

काठमाडौं । पश्चिमी नेताहरूले बुधबार रुसमाथि लगाउने थप प्रतिबन्धको घोषणा गर्ने तयारी गरेको अमेरिकाले जनाएको छ। युक्रेनी सहर बुचामा युद्धका क्रममा रुसले गरेको अत्याचारविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी पश्चिमा शक्तिहरुले गरेको हो। ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले रुसी वित्तीय र राज्य स्वामित्व भएका निकायहरू साथै केही अधिकारीहरू र कुलीन वर्गहरूलाई लक्षित गर्ने प्रतिबन्ध लाग्ने बताएकी छन् ।

यो कदमले पुटिनको युद्धलाई सहयोग गर्ने र समर्थन गर्ने रुसी गुटशाहीलाई जवाफदेही बनाउने साकीको भनाइ छ। रुसमाथि पश्चिममा मुलुकहरुले कयौं किसिमका प्रतिबन्ध लगाएका छन् । तीमध्ये रुसी केन्द्रीय बैंकको ६३० अर्ब डलर सम्पत्ति रोक्का गरेका छन्। यस्तै केही रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय भुक्तानी प्रणाली स्विफ्टबाट हटाइएको छ। स्विफ्ट सीमापार पैसा स्थानान्तरण गर्न प्रयोग गरिने प्रणाली हो।

अमेरिकाले सबै रुसी तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएको छ भने, ईयू र बेलायतले तेल आयातलाई चरणबद्ध गर्ने योजना बनाएको छ।

अमेरिका, ईयू र बेलायतले क्रेमलिन नजिकका धनी व्यापारी नेताहरू सहित १,००० भन्दा बढी रुसी व्यक्ति र व्यवसायहरूमथि प्रतिबन्ध लगाएका छन्।

बेलायत, ईयू र अमेरिकाले नागरिक र सैन्य अर्थात् दोहोरो प्रयोगका सामानहरू जस्तै सवारी साधनका पार्टपुर्जालगायतको निर्यातमा समेत प्रतिबन्ध लगाएका छन्।

अमेरिका र बेलायतले रुसमा विलासिताका सामानहरू जस्तै सवारी साधन, उच्च स्तरको फेसन र कला लगायतको निर्यायतमा समेत रोक लगाएको छ।
 



नयाँ