arrow

साढे ९८ हजारमा पुग्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
gold-final-2022.jpg

काठमाडौं । सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ