arrow

रवीन्द्र मिश्रलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
Rabindra-Mishra-Banner.jpeg
तस्बिर– फाइल

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरेको सिफारिस पार्टीका बहुमत सदस्यहरुले आयोगमा बुझाएका थिए। 

गत वर्ष मंसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको थियो। पार्टी अध्यक्ष रवीन्द्र मिश्र थिए भने संयोजक मिलन पाण्डे थिए । अध्यक्ष र संयोजक मिलेर पार्टी संचालन गर्ने भनेर एकीकरण भएको थियो। 

गत साउन ११ गते रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्ताबेज ल्याए। उक्त दस्ताबेजमा मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल लगायत नेताहरुले विरोध गरे । 

तर रवीन्द्र मिश्र भने बहुमतको आधारमा पाण्डे पक्षलाई पेल्दै अघि बढे । मिलन पाण्डे र रन्जु दर्शनालाई कारबाही गरियो। पाण्डे पक्षका करिब २ दर्जन नेताहरुले राजीनामा दिए । 

अहिले रवीन्द्र मिश्र पक्षकै मार्ग परिवर्तन भन्ने दस्ताबेज मान्ने नेताहरुबीच पनि विवाद भएको छ। यो विवादले मिलन पाण्डे पक्ष सही थियो र दस्ताबेजले ल्याएको तरंग क्षणिक थियो भन्ने देखिएको छ । 

अहिले भीम आचार्यको नेतृत्वमा एउटा पक्ष निर्वाचन आयोग पुगेको छ । ६८ जनाको हस्ताक्षरसहित उक्त पक्षले निर्वाचन आयोगमा रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाएको पत्र पनि दिएको छ । 

अहिले ६८ जना रवीन्द्र मिश्रको पक्षमा, त्यस्तै ६८ जना उनको विरोधमा र यो दस्ताबेज आएबेला देखिनै विद्रोह गर्दै आएको पाण्डे समूहमा करिब २५ जना नेताहरु छन् । 

पाण्डे समूहमा धेरैले राजीनामा दिएर पार्टी परित्याग गरिसकेका छन् । अहिले निर्वाचन आयोगमा १६३ जना केन्द्रीय सदस्य अध्यावधिक छन् भने अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेनै कायम छन् । 

अब मिलन पाण्डे पक्ष जहाँ उभिन्छ पार्टी आधिकारिक रुपमा त्यहीँ रहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ