arrow

युक्रेनी राष्ट्रपतिले राष्ट्रसंघलाई भने- कि रुसलाई सजाय दे कि आफ्नो विघटन गर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
zelensky-ukraine-russia-war.PNG

काठमाडौं । मङ्गलवार सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसङ्घको अप्रभावीताको विरोध गरेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि जारी युद्ध रोक्नका लागि राष्ट्र सङ्घले उल्लेख्य कदम चाल्न नसकेको भन्दै जेलेन्स्कीले आक्रोश व्यक्त गरेका हुन् ।

युक्रेनी राजधानी कीभ नजिकको सहर बुचामा रुसी सेनाले कयौँ सर्वसाधारण मारेको विषयलाई लिएर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई रुसलाई सजाय दिन वा आफैलाई भङ्ग गर्न भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

आक्रमणकारी र द्वन्द्वकारी भूमिका कारण रुसलाई राष्ट्र सङ्घबाट हटाउन आग्रह जेलेन्स्कीले सुरक्षा परिषद्लाई आग्रह गरेका हुन् । रुस राष्ट्र सङ्घको स्थायी सदस्य हो, यस कारण रुससँग भेटो शक्ति रहेको हुन्छ ।

उनले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् विघटनगरी पूर्ण रूपमा पुनर्गठन गर्न समेत आग्रह गरेका छन् । 'यदि त्यहाँ कुनै अर्को विकल्प छैन भने, अर्को विकल्प भनेको आफैलाई पूर्ण रूपमा विघटन गर्नु हो,' उनले सुरक्षा परिषद्लाई मङ्गलवार सम्बोधनका क्रममा भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ