arrow

अमेरिकी सेना प्रमुखले दिए 'ठूलो वैश्विक द्वन्द्व'को चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
milley loyd austin gen mark.jpg

काठमाडौं । अमेरिकी शीर्ष सैन्य जनरलले 'संसार झन् अस्थिर हुँदै गइरहेको  र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय द्वन्द्वको सम्भावना बढेको' बताएका छन् ।

मङ्गलवार युक्रेनमा रुसले आक्रमण गरेपछिको पहिलो सदन सशस्त्र सेवा समितिमा सांसदहरूसँग बोल्दै  जोइन्ट चीफ अफ जनरलका प्रमुख मार्क मिलिले यस्तो बताएका हुन् । 

समितिको बैठकमा जोइन्ट चीफ अफ जनरलका प्रमुख मिलि र रक्षा मन्त्री लोयड अस्टिन सहभागी थिए । पेन्टागनका प्रमुख दुई लिडरले रुस र चीन दुबैबाट महत्त्वपूर्ण खतराहरू बढेको बताएका छन् ।

यद्यपि, युक्रेनमा अमेरिकाले पठाइरहेको हतियारको प्रवाह र युद्धप्रति अमेरिकी दृष्टिकोणको भने उनीहरूले बचाउ गरेका छन्।

मिलीले भनेका छन्, 'युक्रेनमा रुसको आक्रमण युरोप र सायद विश्वको शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा हो, अमेरिकी सेनामा सेवा गरेको आफ्नो ४२ वर्ष भयो, तर युक्रेनलाई लिएर विश्वको स्थिति हेर्दा गम्भीर भए ।'

'हामीले अहिले दुई वटा विश्वव्यापी शक्तिहरूको सामना गरिरहेका छौं, चीन र रूस, प्रत्येकसँग महत्त्वपूर्ण सैन्य शक्ति छ, जसले वर्तमान विश्वव्यापी व्यवस्थालाई आधारभूत रूपमा परिवर्तन गर्न चाहन्छन्,' मिलीले भनेका छन् ।

'हामी यस्तो संसारमा प्रवेश गर्दैछौं जुन झन् अस्थिर हुँदै गइरहेको छ र महत्त्वपूर्ण अन्तर्राष्ट्रिय द्वन्द्वको सम्भावना घट्दै गएको होइन, बढिरहेको छ,' उनले अघि भनेका छन् ।

दुबै पक्षका सांसदहरू युक्रेनलाई प्रदान गरिएको हतियारको सुनुवाइमा ध्यान दिँदै थप के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थिए ।

यस्तै रक्षा सचिव अस्टिनलेले पूर्वी युरोपमा आफ्नो स्थायी उपस्थितिलाई कसरी बलियो बनाउने भनेर नेटोले अझै छलफल गरिरहेको बताएका छन् । 'यदि नाटोले आफ्नो स्थिति परिवर्तन गर्न उपयुक्त छ भन्ने ठान्छ भने, हामी पक्कै पनि त्यसको एक हिस्सा हुनेछौँ,' अस्टिनले भनेका छन् ।

सो क्रममा धेरै रिपब्लिकन सांसदहरूले मिलि र अस्टिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गर्नबाट रोक्ने प्रयासमा अमेरिका असफल भएको हो ? भनेर समेत सोधेका थिए ।

यस विषयमा मिलिले युक्रेनमा अमेरिकी सेना तैनाथ नगरेसम्म पुटिनलाई रोक्न सकिन्थ्यो जस्तो नलागेको बताएका छन् । तथापि अमेरिकी सेना युक्रेनमा तैनाथ गर्न आफुले सल्लाह नदिने समेत उनले स्पष्ट पारे । 

उनले भनेका छन्, 'मलाई लाग्छ कि संयुक्त राज्यले पुटिनलाई युक्रेनमा आक्रमण गर्नबाट रोक्न युक्रेनमा अमेरिकी सेनाको प्रतिबद्धता आवश्यक पर्ने थियो, यसले रूससँग सशस्त्र द्वन्द्वको जोखिम पार्ने थियो, जुन सल्लाह मैले पक्कै पनि दिने थिएन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ