arrow

स्मार्टडोकोले ल्यायो नयाँ वर्षको अफर, ७१ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
smart-doko-new-year-offer.jpg

काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा नेपालको सबैभन्दा ठुलो अनलाइन किनमेल गन्तव्य स्मार्टडोकोले नयाँ वर्षको अफर ल्याएको छ । स्मार्टडोकोले विभिन्न फेसन, इलेक्ट्रोनिक्स सामानहरु, घरायसी सामग्रीहरु, स्वास्थ्य र सौन्दर्य ब्रान्डहरुमा ७१ प्रतिशतसम्मको विशेष कम्बो अफर र आकर्षक छुटहरु ल्याएको जनाएको हो । 

यो अफरमार्फत ग्राहकहरुले माछापुच्छ्रे बैंक र हिमालयन बैंकको क्रेडिट तथा डेबिट कार्ड प्रयोग गरी अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत (अधिकतम रु. ५००) को अतिरिक्त क्यासब्याकको मजा लिन सक्ने उसले जनाएको छ । 

यतिमात्र होइन स्मार्टडोकोले ११३ भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार र गिफ्ट कार्ड दिनेछ । स्मार्टडोकोले ३ जना भाग्यशाली विजेताहरुलाई रु. ३००० बराबरको स्मार्टडोकोको उपहार भौचर, ५० जना विजेताहरुलाई एक महिनाको निःशुल्क सोनी लिभ सब्स्क्रिप्शन, हरेक दिन साँझ ५ देखि राति ११ बजेभित्र किनमेल गर्ने ग्राहकहरुलाई आकर्षक उपहारहरु, रु २०० बराबरको सेलपे वालेट तथा ३ जना स्मार्टडोकोको गिभअवेका सहभागीलाई रु. १००० बराबरको गिफ्ट भौचर दिइने जनाइएको छ ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी उत्पादनहरु रहेका छन् । ग्राहककरुले १० फरक प्रकारका विभिन्न क्याटागोरीहरु जस्तै, कोभिड–(१९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड व्यूटी, इलेक्टोनिक्स, होम र लिभिड, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्ने स्मार्टडोकोले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

ग्राहकले आफ्नो अर्डर स्मार्टडोकोको वेभसाइट वा एपमार्फत गर्न सक्ने जनाएको छ । चैत २४ देखि ३० गतेसम्म लागू हुने यो अफरबाट देशभर डेलिवरी सेवा प्राप्त गर्न सकिने पनि स्मार्ट डोकोले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ