arrow

युक्रेन आक्रमणको ४३ दिन, मृत्यु कुर्दै युक्रेनीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
ukraine-attack-plight-.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको ४३ दिन भइसकेको छ । यो क्रममा लाखौं युक्रेनीहरु शरणार्थी बनेर अन्य देशमा गएका छन् । हजारौंको मृत्यु भइसकेको छ । जो बाहिर जान सकेनन् उनीहरु केबल मृत्यु कुरिरहेका छन् । 

रुसी सेनाले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण थालेको छ । बुधबार रुसी सेनाले खार्किबको एक इन्धन डिपोमा आक्रमण गरेर त्यसलाई क्षतविक्षत पारेको छ । 

रुसले युक्रेनको बुचा शहरमा पनि नरसंहार गरेको छ । मारियुपोलका मेयढर वादिम बायचेन्कोले शहरमा अहिलेसम्म २१० बालबालिकासहित ५ हजार १ सय नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । 

रुसी मिसाइल आक्रमणमा ५० मानिस ज्यूँदै जलेका थिए । उद्धारको प्रतिक्षामा रहेका बेलामा उनीहरुमाथि रुसी सेनाले मिसाइल आक्रमण गरेको थियो । 

बुचा आक्रमणको दर्दनाक घटनापछि संयुक्त राष्ट्रंघको मानवअधिकार परिषदको बैठकसमेत बोलाइएको छ । यो बैठकमा रुसलाई परिषदबाट हटाउने सम्बन्धमा मतदान हुन सक्ने आँकलन गरिएकोछ । 

अमेरिकासहित नेटो देशहरुले यसको तयारी गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुचामा भएको घटना युद्ध अपराध भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ