arrow

‘सेञ्चुरी क्यालेण्डर’ सार्वजनिक  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
centuary-calendar-2079.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकाबीच ‘सेञ्चुरी क्यालेण्डर- २०७९’ सार्वजनिक गरेका छन् । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । 

यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ