arrow

रुसलाई हटाउन राष्ट्रसंघमा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
ukraine-bucha-civilian-killed-war-ukraine.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभा (युएनजीए) मा बिहीबार अर्थात् आज रुसलाई मानवअधिकार परिषद्बाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मतदान हुने भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले कीभ नजिकैको बुचाको सडकमा छरिएका लाशहरूको भिडियो र तस्बिरहरू सार्वजनिक भएपछि रुसलाई ४७ सदस्यीय काउन्सिलबाट हटाउने प्रस्ताव अघि सारेकी हुन् ।

संयुक्त राष्ट्र संघका प्रवक्ता पाउलिना कुबियाकले बिहीबार बिहान १० बजे रुसलाई निलम्बन गर्ने प्रस्तावमा मतदान गर्न संसद बैठक बस्ने बताएकी हुन् ।

रुसलाई परिषद्बाट हटाउन दुई तिहाइ बहुमत चाहिनेछ । प्रस्तावको अनुमोदनका लागि सभा सदस्यहरूले ूहोू वा ूहोइनू मा मतदान गर्नेछन् ।

यस्तै, अमेरिकी प्रतिनिधि सभाले संघीय सरकारलाई युक्रेनमा रूसी आक्रमणमा भएका युद्ध अपराधका प्रमाणहरू सङ्कलन गर्ने प्रयासहरूको विस्तृत विवरण दिन आह्वान गर्ने कानून पारित गरेको छ।

यस्तै अमेरिकी सिनेटले बिहीबार रुससँगको सामान्य व्यापार सम्बन्ध अन्त्य गर्न र तेल आयातमा प्रतिबन्ध लगाउने बिषयमा मतदान गर्ने भएको छ। रुससँग व्यापार अन्त्य गर्ने र तेल आयातमा प्रतिबन्ध लगाउने दुवै प्रस्ता सिनेटमा छन् ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले स्बरबैंक र अल्फा बैंकमा लगाइएका अमेरिकी प्रतिबन्धले सर्वसाधरणहरुमाथि समेत प्रहार गरेको बताएका छन् ।

यस्तै युक्रेनको राजधानी कीभ क्षेत्रबाट सबै रुसी सेना फिर्ता गइसकेको र सम्भवत फेरि युक्रेनमा सेना पठाउनको लागि रुसले तयारी गरिरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नागरिकसँग प्रत्यक्ष कुराकानी गर्दै अब उनीहरूले युद्ध वा शान्तिको पक्षमा निर्णय गर्ने समय आएको बताएका छन्।

'रुसमा युद्ध अन्त्य र युक्रेनबाट रूसी सेना फिर्ताको माग नगर्नेहरुको कुनै भविष्य छैन्,' जेलेन्स्कीले सम्बोधनका क्रममा भनेका छन् ।

'शान्तिको माग गर्दै केहि गुमाउनु रूसी दमनकारी मेसिनको सामना गर्नु तपाईको बाँकी जीवनको लागि नाजीहरूसँग बराबरी गर्नु भन्दा राम्रो छ,' उनले अघि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ