arrow

पेलोसीले ताइवानको भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
Zhao Lijian.jpg

काठमाडौं । चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा कडा कदम चाल्ने चेतावनी दिएको छ ।ताइवानी र जापानी सञ्चारमाध्यमले अर्काे हप्ता सभामुख पेलोसीले ताइवानको भ्रमण गर्नसक्ने उल्लेख गरेका छन् । यद्यपि पेलोसी र ताइवान कुनै पक्षले पनि भ्रमणको आधिकारीक जानकारी भने दिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकारहरूसँग बोल्दै बेइजिङले संयुक्त राज्य अमेरिका र ताइवानबीच सबै प्रकारको आधिकारिक अन्तरक्रियाको कडा विरोध गरेको बताएका छन् । उनले यस्तो भ्रमणले चीन र अमेरिका बीचको सम्बन्धमा गम्भीर असर पर्ने भन्दै वाशिंगटनले भ्रमण रद्द गर्नुपर्ने बताएका छन् ।

संयुक्त राज्य अमेकिराले ताइवानसँग कुटनीतिक बाहेकको अर्काे सम्बन्ध ऐनमा हस्ताक्षर गरेको ४३औं वार्षिकोत्सव मनाउँदै छ । यो सम्बन्ध ऐनमा ताइवानलाई आफ्नो रक्षाका लागि साधन उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता छ ।

यसअघि सन् १९९७ मा तत्कालीन अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेका थिए । चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दै आएको छ । यद्यपि, ताइवानले आफुलाई स्वतन्त्र राष्ट्र मान्ने गर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ