arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गर्‍यो जाल्सनसँगको सहकार्यमा स्टुडेन्ट्स मिट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
city-express-money-express.jpeg
फाइल तस्बिर

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानिज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन) सँगको सहकार्यमा स्टुडेन्ट्स मिट २०२२ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा जाल्सनसँग आबद्ध ४० भन्दा बढी एडुकेशनल कन्सल्टेन्सीहरूमार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जापान जान लागेका विद्यार्थीहरूलाई जापानी संस्कृतिको बारेमा जानकारी दिनुका साथ साथै जापान पुगे पश्चात् आफूले मेहनत गरेर कमाएको पैसा बैङ्किङ च्यानलमार्फत मात्र पठाउन उत्प्रेरित गरे।

यसका साथ साथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनि ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरूलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजना अन्तर्गत जनही रु १०,००० (रु दश हजार) पुरस्कार विद्युतीय लक्की ड्र सिस्टममार्फत विजेता घोषणा पनि गरिएको थियो। 

सिटी एक्सप्रेसले जाल्सनसँगको सहकार्यमा जापानमा अध्ययनरत विद्यार्थीहरूको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजनासमेत बनाएको छ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ