arrow

रुस संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट निलम्बित, मतदानमा नेपाल अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
unhcr.JPG
फाइल तस्बिर

काठमाडौँ। रुस संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्बाट निलम्बित भएको छ। संयुक्त राष्ट्र सङ्घको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लङ्घनलाई लिएर भएको बीबीसीले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घमा रुसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए। भोटिङ प्रक्रियामा ५८ देश अनुपस्थित रहेका थिए। नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो।

चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ