arrow

युक्रेनमाथि रुस आक्रमणको ४४ दिन, १८ हजार रुसी सेना मारिएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
ukraine-attack-russia-trap-killed.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको ४४ दिन भइसकेको छ । जसका कारण हजारौं युक्रेनीहरुको ज्यान गइसकेको छ भने भौतिक क्षति कयौं भएको छ । 

उक्त क्रममा १८ हजार रुसी सैनिक पनि मारिएको युक्रेनले दाबी गरेको छ । रुसले युद्ध अपराध गरिरहेको आरोप लागेको छ । युद्धभित्र पनि गर्नुपर्ने नियमको पालना केही नभएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिइएको हो । 

यसैबीच जर्मनीको एक खुफिया एजेन्सीका अनसार रुसी सेनाका अधिकारीले आम नागरिककोसमेत हत्या गर्न आदेश दिएका छन् । उक्त एजेन्सीले स्याटलाइटमार्फत रुसी सेनाको रेडियो ट्रान्समिसन रेकर्ड गर्दा उक्त आदेश दिइएको पत्ता लागेको हो । 

जर्मनीले यो निर्देशनको अडियो पनि रिलिज गरेको छ । यो अडियो बुचा शहरको हुने आशंका गरिएको छ । जहाँ पछिल्ला केही दिन सयौं नागरिकको हत्या भएको थियो । 

रुसले भने यसलाई प्रोपगन्डा मात्रै भएको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ