arrow

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्न गए युराेपेली नेताहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
eu-leader-urusula-van.PNG

काठमाडौं । रुसले आक्रमण गरेपछि जारी युद्धमा रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न युरोपका प्रमुख नेताहरु किभतर्फ गएका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपियन युनियन (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति जेलेन्स्कीलाई भेट्न युक्रेनको राजधानी किभ गएका हुन् ।

त्यसपछि उर्सुला भोन डेर लेयनले पोल्याण्डको राजधानी वारसामा स्ट्यान्ड अप फर युक्रेन कार्यक्रममा भाग लिने बताइएको छ ।

बोरेल र स्लोभाकियाका प्रधानमन्त्री एडुआर्ड हेगरसँग तस्बिर ट्विट गर्दै उर्सुला भोन डेर लेयनले कीभतर्फ गइरहेको लेखेकी छन्।

रुसले गरेको आक्रमणलाई लिएर चर्काे विरोध गर्दै युरोपेली मुलुकहरुले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ