arrow

कास्कीको मर्दीखोलामा कार दुर्घटना, चार जना गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
Car accident.jpg

पोखरा । कास्कीको मर्दी खोलामा शनिबार बिहान कार दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । 

माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकबाट पोखरा आउँदै गरेको कार मर्दी खोलामा खस्दा चार जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा लाहाचोकका ७० वर्ष  भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ रहेका छन् । 

घाइते सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । ग३च ७५८७ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ