arrow

रुसले १५ वटा पश्चिमा गैरसरकारी संस्थालाई बन्द गर्ने

logo
एएफपी,
प्रकाशित २०७८ चैत २७ आइतबार
russia-finland-ukraine-.png
फाइल तस्बिर

मस्को। रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ। रुसले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचासहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो।

संयुक्त राष्ट्रसङ्घ महासभाले युक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लङ्घन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसङ्घीय मानव अधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको छ।

जवाफमा रुसले मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका आफ्नो देशमा रहेका कार्यालय बन्द गर्ने घोषणा गरेको हो।

रुसको कानुन उल्लङ्घन गरेकाले ती संस्थाहरू बन्द गर्ने निर्णय गरिएको रुसी न्याय मन्त्रालयले जनाएको छ, तर कुन कानुन कसरी उल्लङ्घन गरे भन्ने खुलाएको छैन।

एमनेस्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरूलाई निशाना बनाएको बताइन्।  तर सत्य बाहिर ल्याउने कार्यमा आफूहरू थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ