arrow

गाउँमा दर्जनौँ शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
ukraine-attack-russia-trap-killed.jpg
तस्बिर– फाइल

काठमाडौं । युक्रेनको राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् ।

बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए । मृतकको संख्या पुष्टि हुन बाँकी छ ।

‘हामी सामान्य जीवनमा फर्किरहेका छौं । तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो । धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ