arrow

केन्ट आरओको नयाँ वर्ष अफर : “स्वछ पानी, साथमा बिमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी”

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
kent-ro-2019-offer.jpg

काठमाडौँ। सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएल प्रालि नेपालमाले यो पटकको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहक वर्गबाट रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बिमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा रु.३ लाखको दुर्घटना बिमा पाउने सकिने कम्पनीले जनाएको छ। यो ग्राहक योजना चैत्र २५, २०७८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ।

आज सफा पिउने पानी आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगहरूले सङ्क्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन्। तपाईँले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ।

पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्त्वपूर्ण आवश्यकता भएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू-डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ