arrow

युक्रेन युद्धको पीडाः ४५ लाखले छाडे देश, अर्थव्यवस्था आधा नोक्सान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
ukraine-attack-2022-02-10.jpg

काठमाडौं । रुसी आक्रमणका कारण ४५ लाख युक्रेनीहरुले देश छाडेका छन् । त्यस्तै रुसले गरेको आक्रमणका कारण ४५ लाखले देश छाडेको रिपोर्ट युक्रेनले दिएको हो । 

जसमा २५ लाख बढी छिमेकी देश पोल्याण्डमा पुगेका छन् । जबकि बाँकी रोमानिया, हंगेरी र मोल्दोभा गएका छन् । 

त्यस्तै विश्व बैंकका अनुसार युक्रेनमा अर्थ व्यवस्था आधा भएको प्रतिवेदन दिएको छ । आइतबार विश्व बैंकले जारी गरेको प्रतिवेदनअनुसार युद्धका कारण अर्थव्यवस्था ४५ प्रतिशत बढी नोक्सान भइसकेको छ । 

त्यस्तै विश्वभरको प्रतिबन्धका कारण रुसको जीडीपी पनि ११.२ प्रतिशत गिरावट आएको छ । 

युक्रेनले आइतबार रुसका ३ यूएभी ड्रोन, ३ मिसाइल र ४ हेलिकोप्टर ध्वस्त पारेको जनाएको छ । युक्रेनका अलग शहरबाट २५ जनाको शव स्मशानमा पुर्याइएको थियो । 

मारियुपोल र लुहान्स्कबाट २८ सय बढीलाई सुरक्षित स्थानमा लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ