arrow

किम जोङ उन नेतृत्वको दशौँ वार्षिकोत्सव मनाउँदै उत्तर कोरिया

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत २८ सोमबार
kim-jong-un.png

काठमाडौँ। किम जोङ उनको नेतृत्वमा उत्तर कोरियामा आणविक हतियारको विकास र राजनीतिक उपलब्धिहरू उल्लेख गर्दै सत्तारूढ वर्कर्स पार्टी (डब्ल्यूपीके)ले १० औँ वार्षिकोत्सव मनाएको छ ।

सन् २०११ को डिसेम्बरमा पिता किम जोङ इलको मृत्युपछि सेनाको सर्वोच्च कमान्डर नियुक्त भएपछि किमले सत्ता ग्रहण गरेको मानिन्छ।

सोमबार किम जोङ उन पार्टीको शीर्ष नेता र राज्य प्रमुखको रूपमा निर्वाचित भएको दस वर्ष पूरा भएको छ । उत्तर कोरियाको स्थापना नै किम जोङ उनका हजुरबुवाले गरेका थिए ।

आइतबार एक राष्ट्रिय बैठकमा भाषण गर्दै डब्ल्यूपीकेका किमपछि नेता चोङ रोय हाइले किमलाई एक प्रतिभाशाली विचारक र सैद्धान्तिक, उत्कृष्ट राजनेता र उत्कृष्ट कमान्डर। भन्दै प्रशंसा गरेका थिए ।

यो उत्वसम एक हप्ताका लागि सुरु भएको छ । जसमा उत्तर कोरियाका संस्थापक र किम जोङ उनका हजुरबुबा किम इल सुङको११० औँ जन्म जयन्ती पनि समावेश हुनेछ।

स्याटेलाइट इमेजरीले उत्तर कोरियाली सेनाले यो हप्ता हुन सक्ने सैन्य परेडको लागि अभ्यास गरिरहेको देखाएको छ। 

विश्लेषकहरूले पनि उत्तर कोरियाले यो उत्सवमा आफ्नो आईसीबीएमहरू प्रदर्शन गर्न सक्ने बताएका छन् ।

गत महिना उत्तर कोरियाले २०१७ यता पहिलो पटक पूर्ण अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेर सियोल, टोकियो र वाशिंगटनमा अलार्मको घण्टी बजाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ