arrow

चीनमा आठ सन्तानकी आमाको घाँटीमा साङ्लो

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत २८ सोमबार
china-flag-home.jpg
फाइल तस्बिर

काठमाडौँ। चीनमा आठ सन्तानकी आमाको घाँटीमा फलामो साङ्लो राखिएको पाइएको छ। पछिल्लो समय उनको तस्बिर सामाजिक सञ्जालमा भाइरलसमेत भइरहेको छ। चीनको जियाङ्सु प्रान्तको फेङ्सिआनमा मानव बेचबिखनको सिकार भएकी एक महिलाको घाँटीमा फलामो साङलो लगाइएको तस्बिर सार्वजनिक भएपछि चीनको चर्को आलोचना भएको हो। 

ग्रामीण क्षेत्रका धेरै चिनियाँहरू मानव बेचबिखनको सिकार बनेका छन्। उनीहरूलाई पूर्वी चीनमा लगेर घाँटीमा साङ्लो राखेर चिसो छिडिमा बाँधि राखिएको पाइएको छ।

चीनको माइक्रोब्लगिङ साइट विबोमा शीर्ष ट्रेन्डिङमा रहेको उनको भिडियोमा धेरैले सरकारको आलोचना गर्दै उनलाई स्वतन्त्र हुन दिन माग गरेका छन्। चीनमा मानवतालाई यसरी जन्जिरमा कैद गरिएको भन्दै आलोचना भइरहेको हो। जन्जिरमा बाँधिएको महिला चिनियाँ ग्रामीण रहेकोले उनलाई सरकारबाट नै जोगाउनुपर्ने बताइएको छ। 

पूर्वी जिआङ्सु प्रान्तको झुझाउको गरिब ग्रामीण काउन्टी फेङ्सिआनमा मानव बेचबिखनबाट पीडित आठ सन्तानकी आमा र मानव बेचबिखनको सिकार भएकी महिलालाई दिइएको दुखले जनस्तरमा उत्पन्न आक्रोशले चिनियाँ नेता सी जिनपिङ सत्तामा आएदेखि नै दुर्लभ हुने किसिमको नागरिक सक्रियतालाई उक्साएको छ।

फेब्रुअरी २०२० मा कोभिड-१९ को ह्विस्लब्लोअर वुहान डाक्टर ली वेनलियाङको मृत्यु भएदेखि चीनले सार्वजनिक क्रोधको यस्तो प्रकोप नदेखेको जनाइएको छ। सेन्सर र आधिकारिक मिडियाले पनि नियन्त्रण गर्न वा पुनः निर्देशित गर्न नसकेको जनाइएको छ। 

सप्ताहान्तमा, एक महिलाले ती जन्जिरमा कैद गरिएकी आठ सन्तानकी आमालाई भेट्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले रिहा भएपछि आफूलाई प्रहरीले कुटपिट गरेको र दिशा पिसाब गर्न पनि नदिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन्। स्थानीय अधिकारीहरूले उनीहरूलाई रोक्न प्रयास गरे पनि नागरिक पत्रकारहरूले साङ्लामा बाँधिएका महिलाको परिवारलाई पत्ता लगाउने प्रयास गरिरहेका छन्।

त्यसरी एक महिलालाई साङ्लोमा बाँधेर राखेको अवस्थामा पनि चिनियाँ सत्ताले उनको उद्धारका लागि भने कुनै पहल गर्न सकेको छैन। सरकारले उल्टै सिन्जियाङ, तिब्बत र हङकङमा शृङ्खलाबद्ध मानवता विरोधी अपराधहरू गरिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ