arrow

गभर्नर अधिकारी निलम्बन प्रकरणमा मुछेको भन्दै चौधरी ग्रुपको गम्भीर ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
CG_Group.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन प्रकरणमा आफूहरुलाई मुछेको भन्दै चौधरी ग्रुपले गम्भीर आपत्ति जनाएको छ । चौधरी ग्रुपले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनालाई चौधरी ग्रुपसँग जोडेर आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यो निराधार भएकोसमेत जनाएको छ । 

चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आएका अनेक तर्कहरूमध्ये एउटा तर्क चौधरी ग्रुपसँग पनि जोडेर आएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ जुन विल्कुलै निराधार छ ।’

अगाडि लेखिएको छ, ‘हामीलाई लाग्छ, यो समाचार पढेर स्वयं अर्थमन्त्री र गभर्नर पनि अचम्मित हुनु भएको होला । किनभने जे तर्क गरिएको छ त्यसले गभर्नर निलम्बनको बिषयसँग कुनै सरोकार राख्दैन ।’

पौडेल अगाडि लेख्छन्, ‘हामी मिडियाका साथीहरूसँग अनुरोध गछौँ– कसैले धमिलो पानीमा माछा मार्ने प्रयास स्वरूप तपाईहरूलाई ‘मिस इन्फम’ गरिरहेको हुन सक्छ । यस बारेमा सचेत रहेर समाचार सम्प्रेषण गर्नुहोला ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘हाम्रो बारेमा समाचार सम्प्रेषण गर्दा हामीलाई पनि आफ्ना कुरा राख्ने अवसर दिनुहोला भन्ने आग्रह गर्दछौँ । हामी पारदर्शी रूपमा व्यवसाय गरिरहेका छौँ । र हामी हाम्रा सरकारी संस्थाहरूप्रति सम्मान गर्दछौँ ।’

विज्ञप्तिमा अन्तिममा लेखिएको छ, ‘माननीय अर्थमन्त्रीज्यू र गभर्नरज्यू दुवै जनासँग हाम्रो संस्थागत सम्बन्ध छ । र, दुवैजनालाई हामी आ–आफ्नो ठाउँमा उत्तिकै सम्मान गर्दछौ । उहाँहरूप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै । त्यसैले यस प्रकरणमा हामीलाई अनावश्यक विवादमा तान्ने कोसिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौँ ।’

यसअघि सरकारले सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको थियो ।

गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो । 

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ