arrow

युक्रेनको मारियुपोलमा मात्रै १० हजार बढीको मृत्यु, अढाई लाख गर्भवतीको बेहाल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
ukrain-2022-04-12.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको डेढ महिना नाघिसकेको छ । तर पनि रुस अझै शान्त हुने देखिएको छैन । युक्रेनले ठूलो क्षति व्यहोरेको छ । 

युक्रेनको मारियुपोल सबैभन्दा ठूलो क्षति भोग्ने शहर बनेको छ । जहाँका मेयर वादिम बायचेन्कोका अनुसार त्यहाँमात्रै १० हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । 

रुसले पछिल्लो समय युक्रेनको खार्किवमा ६६ पटक आक्रमण गरेको छ । जसमा एक बालकसहित ११ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

अहिलेसम्म १८३ बच्चाको मृत्यु भएको छ । ३४२ जना घाइते भएका छन् । युद्ध शुरु भएदेखि २ लाख ६५ हजार युक्रेनी महिला गर्भवती थिए । जसमा ८० हजार बच्चा आगामी तीन महिनाभित्र हुँदैछ । तर ती गर्भवतीले कुनै स्याहार सुसार पाएका छैनन् । 

रुसले युक्रेनको पूर्वी क्षेत्रमा फेरि आक्रमण गर्न सक्ने आँकलनसमेत भइरहेको छ । न्यूयोर्क टाइम्सका अनुसार रुस र युक्रेनका सेनाहरु पूर्वी क्षेत्रमा सक्रिय देखिएका छन् । आक्रमणको खतरा देखेर नागरिकले भने यो क्षेत्र छाडिसकेका छन् । 

रुसी सैनिकले जपोरिजिया न्यूक्लियर प्लान्टमा १८.३ बिलियनको क्षति पुर्याएको युक्रेनले जनाएको छ । 

हालसम्म रुसी सेनाले पनि धेरै नै गुमाएको छ । अहिलेसम्म १९ हजार ५ सय सैनिकले ज्यान गुमाएका छन् । १३७ हेलिकोप्टर, ७ डुंगा, ७२५ ट्यांक, ७६ फ्युल ट्यांक, १५४ जहाज, ३४७ तोप, ११९ ड्रोन, १ हजार ३८७ गाडी, १ हजार ९२३ बख्तरबन्द गाडी, १११ वटा मल्टिपल रकेट लन्चर तथा ५५ एन्टि एयरक्राफ्ट वारफेयर नष्ट भएका छन् । 

यसैबीच फ्रान्सले ६ रुसी कुटनीतिज्ञलाई देशबाट निकाला गरेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन यात्रा नगर्ने भएका छन् । उनी किभ जाने चर्चा थियो । उनका प्रवक्ताका अनुसार बाइडेन युक्रेन जाने छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ