arrow

किम जोङ उनसँगको तनाबका बीच अमेरिकी युद्धपोत कोरियामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
us-abramhamlincon.jpg

काठमाडौं । अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकन स्ट्राइक समूह कोरियाली प्रायद्वीपको जलक्षेत्रमा सक्रिय भएको छ ।

किम जोङ उन नेतृत्वको उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि तनाब बढेका बेला अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीपमा तैनाथ भएको हो ।

पूर्वी सागरसमेत भनिने जापान सागरमा यो समुह रहेको र जापानी सेनासँग अभ्यास गर्ने तयारी गरेको अमेरिकी अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाले आगामी दिनहरूमा भूमिगत आणविक परीक्षण गर्न सक्ने चिन्ता बढिरहेको बेला अमेरिकाले यो कदम चालेको हो ।

सन् २०१७ पछि पहिलो पटक अमेरिकी युद्धपोत समुह दक्षिण कोरिया र जापान बीचको जलक्षेत्रमा तैनाथ गरिएको हो। 

सन् २०१७ मा उत्तर कोरियाको मिसाइल र आणविक हतियार परीक्षणविरद्ध शक्ति देखाउन यूएसएस रोनाल्ड रेगन, थिओडोर रुजवेल्ट र निमित्ज र तिनीहरूका बहु जहाज स्ट्राइक समूहहरू यो जलक्षेत्रमा तैनाथ भएका थिए ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै युएसएस अब्राहम लिंकन तीनदेखि पाँच दिनसम्म यस क्षेत्रमा रहनसक्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ