arrow

महासङ्घको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
gokarna-awasthi-fncci.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासङ्घको महानिर्देशक पदमा नियुक्त गरिएको छ। महासङ्घको चैत्र २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौँ बैठकले उहाँलाई महासङ्घको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन्।

अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यस अघि नेपाल आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक थिए। करिब दुई दशक भन्दा बढी आर्थिक पत्रकारिता गरेका महानिर्देशक अवस्थीसंग संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ।

नवनियुक्त महानिर्देशक अवस्थीसँग उद्योग, वाणिज्य सहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुभव रहेको छ। महानिर्देशक अवस्थीको यो अनुभवबाट आर्थिक व्यावसायिक क्षेत्रमा निजी क्षेत्रकारतर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासङ्घको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ