arrow

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत २९ मंगलबार
boris-johnson-pm-UK_1618032234.jpg
फाइल तस्बिर

लन्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो। प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ।

“जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले मङ्गलबार भने।

देश भरी कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा उनले नियम उलङ्घन गरेको प्रहरीको भनाई छ।

प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाई छ।

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनु पर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलङ्घन गरेको उनको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ