arrow

न्यूयोर्कमा गोलीबारी, १६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
attack-newwork-2022-12-13.jpg

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एक मेट्रो स्टेशनमा मंगलबार भएको गोलीबारीमा १६ जना घाइते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । 

स्थानीय मिडियाका अनुसार आक्रमणकारीले ३३ राउन्ड फायरिङ गरेको थियो । जसमा आठ जना घाइते भए । बाँकी भागदौडमा परेर घाइते भएका हुन् । 

न्यूयोर्क पुलिसका अनुसार घटनामा संलग्न भएको आरोपमा ६२ वर्षे फ्रयांक आर जेम्सको खोजी जारी रहेको छ । फ्रयांकले हालै एक गाडी भाडामा लिएका थिए । उनीमाथि आशंकामा प्रहरीले खोजी जारी राखेको हो । 

उक्त गाडी मेट्रो स्टेशन फायरिङमा जोडिएको हुन सक्ने आशंका छ । पुलिसका अनुसार फायरिङ गर्ने आशंकितले निर्माण कम्पनीमा काम गर्ने पोशाक लगाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ