- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
किभ। युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन्। २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार सङ्घले जनाएको छ।
मारिने पत्रकारको सूची सङ्घले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ। सो मृत्यु युक्रेनको महाअभियोजनको कार्यालयले पुष्टि गरेको छ। मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन्।
युक्रेनको नागरिक समाज र विशेष गरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई)का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तीमा १ सय ४८ अपराध गरेको थियो।
रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन्। टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो।
युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउट लेटहरू बन्द छन्।