arrow

मनोज न्यौपाने सेन्चुरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
Manoj-Neupane-CEO.jpg
सेन्चुरी कमर्सियल बैङ्कले प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने ।

काठमाडौं। सेन्चुरी कमर्सियल बैङ्कले प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । सञ्चालक समितिको बुधवार बसेको बैठकले वैशाख २ गतेदेखि लागु हुने गरी न्यौपानेलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

न्यौपानेले यसअघि साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। काठमाडौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेको बैङ्किङ क्षेत्रमा १९ वर्ष भन्दा बढीको अनुभव छ। 

बैङ्क व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रवर्द्धनका क्षेत्रमा विशेष दक्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैङ्किङ तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रूपमा न्यौपाने बैङ्किङ क्षेत्रमा परिचित छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ