arrow

रुससँगको वार्तामा युक्रेनको अडान कायमै : युक्रेनी वार्ता टोलीका संयोजक

logo
सिन्ह्वा,
प्रकाशित २०७८ चैत ३० बुधबार
russia-ukraine-dialog-commettee.jpg
फाइल तस्बिर

किभ। रुसद्वारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका सर्तहरू कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन्। उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरूका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन्।

रुससँगको वार्ताका लागि युक्रेनद्वारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन्। उनले मङ्गलवार ट्विट गर्दै भनेका छन्– हामी स्तानबुलमा भएका सम्झौताहरूका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ।

अहिले रुसका पक्षबाट विभिन्न सर्तहरू आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भङ्ग हुने त्रास रहेको पनि बताए। उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरूमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरूलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ