arrow

युक्रेनको एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसी हमला

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
anti-aircraft-ukraine.jpg
फाइल तस्बिर

किभ। रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा  प्रहार गरेको जनाएको छ। युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज  मोस्कभा विस्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो। हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ।

रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो।

युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ। कीभमा आक्रमणलाई तीव्र पारिने रुसी रक्षा मन्त्रालयले चेतावनी दिएको छ।
राष्ट्रसङ्घले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ