arrow

किभ वरपर ९०० सर्वसाधारणको शव फेला

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
ukraine-civilian-killed-russia.jpg
फाइल तस्बिर

किभ। युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन्। रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो सङ्ख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन्। युक्रेनी पक्षको भनाइको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ। 

रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ। पूर्वी युक्रेनमा हमला तीव्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ