arrow

कुमारी बैङ्कले 'कुमारी डबल धमाका' मुद्दती निक्षेप खाता ल्यायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
kumari-double-dhamaka-2079-new-year.jpg

काठमाडौँ। कुमारी बैङ्कले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“ नामक मुद्दती निक्षेप ल्याएको छ। आफ्ना ग्राहकहरूलाई सुविधा दिने क्रममा बैङ्कले यो धमाका ल्याएको हो।

निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने यस मुद्दती निक्षेपमा, न्यूनतम मौज्दात रु १०,००० रहेको छ। सो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा समेत रहेको बैङ्कले जानकारी गराएको छ।

आफ्ना सेवाहरूलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैङ्कले विभिन्न नयाँ सेवाहरू सञ्चालनमा ल्याएको छ।

आफ्ना देशव्यापी १९७ शाखा–सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैङ्किङ इकाई तथा १६ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैङ्कले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ