arrow

युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए : जेलेन्स्की

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
putin-vlodomie-russia-ukraine-war.PNG
फाइल तस्बिर

किभ। युक्रेनी राष्ट्रपति भोलोदिमिर ले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन्।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने। युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ। मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो।

युद्धमा मारिने र घाइते हुने सेनाको सङ्ख्याबारे दुवै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।



नयाँ