arrow

दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनको लडाकु विमानको गस्ती

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
china-fighter-jet-south-china-sea.jpeg

बेइजिङ। चिको सबैभन्दा शक्तिशाली र आधुनिक लडाकु जेट जे–२० ले पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा गस्ती सुरु गरेको छ। चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यसलाई एउटा नियमित तालिम गस्ती भनेको छ।

चीनले दक्षिण चीन सागरको सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ। सोही कारण दक्षिण चीन सागरमा तटीय क्षेत्र भएका अन्य देशहरूसँग चीन विवादमा तानिएको छ। लडाकु विमानहरूको उपस्थितिलाई चीनको अर्को दृढ कदमको रूपमा हेरिएको छ।

पूर्वी चीन सागरमा सेन्काकु टापुहरूलाई लिएर चीनको जापानसँग विवाद छ। जापानले पनि ती टापुमाथि आफ्नो दाबी गर्दै आएको छ। जापानी भाषामा यिनीहरूलाई दिअयु द्वीप पनि भनिन्छ।

जे–२० को प्रारम्भिक संस्करणहरू रुसी इन्जिनहरूसँग फिट गरिएको थियो। तर, यी इन्जिनहरू चाँडै चिनियाँ इन्जिनहरूले प्रतिस्थापन गरे जुन घरेलु रूपमा विकसित गरिएको थियो। चीनको पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) सँग २०० जे–२० लडाकु विमान रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ