arrow

मेयर-उपमेयर काँग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ : जनकपुर काँग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
congress-flag-final-final.jpg
फाइल तस्बिर

धनुषा। जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली काँग्रेसलाई छाड्नु पर्ने अडान राखेका छन्। मेयर र उपमेयर काँग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर काँग्रेस एक्लै निर्वाचनमा लड्ने पनि उनले घोषणा गरेका छन्।

‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको मेयर र उपमेयर नेपाली काँग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्वीकार गरेको छ,’ साहले भने, ‘ मेयर र उपमेयर नपाए काँग्रेस एक्लै निर्वाचनमा होमिनेछ।’ उनका अनुसार २५ वटा नै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने काँग्रेसको मन्जुरी रहनेछ।

‘गत निर्वाचनमा काँग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले अगाडी भने, ‘यो जनमतलाई अपमान हुने गरी निर्णय हुन खोजेमा गठबन्धनबाट काँग्रेसले विद्रोह गर्नेछ।’ गत निर्वाचनमा मेयरका उम्मेदवार भएर पराजित भएका साहलाई पुनः मेयरमा उठाउने जनकपुर काँग्रेसको तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ