रुसले आणविक हतियार प्रयोग गर्न सक्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
429
Shares
फाइल तस्बिर
किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन्। रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो। ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब तिनीहरूले गर्न सक्छन्’, जेलेन्स्कीले भने, ‘संसारका सबै’ चिन्तित हुनुपर्छ।
राष्ट्रपति पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेको केही दिनपछि नै आफ्ना आणविक सेनालाई अलर्टमा राखेका थिए। जेलेन्स्कीले अगाडि भने, ‘उनीहरूले रासायनिक हतियारहरू प्रयोग गर्न सक्थे। तिनीहरूका लागि जनताको जीवन केही होइन।’