arrow

भूमिकास्थानमा नगरप्रमुख नदिए गठबन्धन अस्वीकार्य  : जनमोर्चा महासचिव भट्ट

logo
हरिप्रसाद भुसाल,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
rastriya_janamorcha.jpg
फाइल तस्बिर

अर्घाखाँची। राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन स्वीकार्य नहुने बताएका छन्। कसैको दान र कृपाका आधारमा नभई क्षमताका आधारमा भाग चाहिने उनले बताए। उनले सम्मानजनक भागबन्डा नभए गठबन्धन स्वीकार्य नहुने दाबी गरेका हुन्।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका-३ धारापानीमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको बताए।

काँग्रेससँग नीति सिद्धान्त मिलेर भन्दा पनि प्रतिगमन परास्त गर्नका लागि काँग्रेस माओवादीसँग गठबन्धन गर्नुपरेको नेता भट्टको दाबी थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ