- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
किभ। रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन्। सिएनएनसँगको कुराकानीका क्रममा शुक्रवार उनले दिएको जानकारी अनुसार अरू १० हजार भन्दा बढी युक्रेनी राष्ट्र सेवक घाइते भएका छन्।
घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए। मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिङ्गो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।
झन्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ। सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भए पनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ।
अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्ता मार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन्।