arrow

पश्चिमी हतियार बोकेको युक्रेनी विमान खसालेको रुसी दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
russia-finland-ukraine-.png
फाइल तस्बिर

काठमाडौँ । रुसले आफ्नो वायु रक्षा इकाईले पश्चिमी देशहरूले पठाएको हतियारको बोकेको युक्रेनी सैन्य विमानलाई खसालेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सी तासले यो आक्रमण दक्षिण पश्चिम युक्रेनको ओडेसा सहरबाहिर भएको जनाएको छ ।

यस्तै रुसी सेनाले युक्रेनको दक्षिणी सहर मारिउपोलमा युक्रेनी सेनालाई हतियार छोडेर आत्मसमर्पण गरी ज्यान जोगाउन चुनौती दिएको छ । युक्रेनी सशस्त्र सेनाले मारिउपोल क्षेत्रमा रुसी अवतरण अपरेसनविरुद्ध तयारी गरिरहेको जनाएको छ ।

राजधानी कीभमा फेरि एक पटक बम विस्फोट भएको खबर आएको छ तर ती कहाँ भएको हो भन्ने बारे अझै जानकारी छैन।

यस्तै युक्रेनको राजधानी कीभमा फेरि अर्को विस्फोटको समाचार आएको छ । यद्यपि, कुन ठाउँमा कस्तो आक्रमण भयो भन्ने जानकारी भने आएको छैन।

केही दिनअघि काल सागरमा डुबेको मोस्क्वा युद्धपोतका चालक दलका तस्बिरहरू रुसको रक्षा मन्त्रालयले प्रकाशित गरेको छ। रुसले जहाजमा आगोले गोला बारुद विस्फोट भएपछि डुबेको दाबी गरेको छ भने, युक्रेन आफूले उक्त मिसाइल क्रूजर नष्ट गरेको बताएको छ ।

रुसी सेना बेलारुसबाट पूर्वी युक्रेनतर्फ फेरि सैन्य सहयोगी उपकरणसहित तैनाथ भइरहेको यसबीच बेलायती रक्षा मन्त्रालयले जनाएको छ । खार्किभ र सेभरडोनेस्क नजिकका स्थानहरूमा रुसी सेना फेरि तैनाथ भइरहेको बेलायती रक्षा मन्त्रालयले जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ