arrow

रियादमा नियमित उडान, तालिका सार्वजनिक

logo
रासस,
प्रकाशित २०७९ वैशाख ४ आइतबार
nepal-airlines1.jpeg
फाइल तस्बिर

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ। निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो।

रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ। 

“निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रूपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ। निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रूपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौँ।

निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौँ । हाम्रो यात्रा जारी छ”, विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ