arrow

रुसले फेरि तीव्र पार्‍यो युक्रेनमा आक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
ukraine-missile.JPG

काठमाडौं । रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएको बीबीसीले लेखेको छ ।  

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेको बीबीसीले लेखेको हो । खर्किभमका भएको आक्रमणमा ५ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । 

यता, युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध शुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ । 

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् । यसअघि रुसले मारियोपोलमा युक्रेनी सेनालाई आइतबार आत्मसमर्पण गर्न दिएको निर्देशन पनि मानेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ