arrow

सीजीका साना घरायसी सामानले ल्यायो हरेक दिन उपहार र थाइल्याण्ड घुम्न जाने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
cg-digital-launching-2079.jpg

काठमाडौँ। लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमा "हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने" उपहार योजना लिएर आएको छ। वैशाख २ गतेबाट सुरु भएको यस उपहार योजना सीमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एक जना भाग्यशालीले सिजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्ने छन्। साथै बम्पर उपहारमा जोडिलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ।

लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि CGSHA Product Name टाइप गरी आफ्नो  नाम र ठेगाना उल्लेख गरी 31001 मा SMS पठाउनुपर्नेछ। लक्की ड्रमा सहभागी सबै प्रतियोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ