arrow

आणविक परीक्षणको सङ्केतपछि वार्ताका लागि अमेरिकी उच्च राजदूत सोलमा

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
north-korea2.jpg

सोल । प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोमबार सोल पुगेका छन्। 

प्योङयाङले यसवर्ष एक दर्जनभन्दा बढी आणविक परीक्षणहरु गरेको छ । गत हप्ताको अन्त्यमा भएको आणविक परिक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।  

उत्तर कोरिया नितीको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आफ्नो पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु-डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका छन् । सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उनको आगमन भएको हो ।

तर हालैका वर्षहरुमा निवर्तमान राष्ट्रपति मुन जाय-इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरेपनि उत्तर कोरियाले भने हात बढाएको छैन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ