arrow

अलकत्रा छर्ने उपकरणमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
truck aaglagi.jpg
फाइल तस्वीर

पोखरा । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ । पोखरा-बिहुँ खण्डमा कामका लागि प्रयोग भइरहेको ना१क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।

कालोपत्रका लागि अलकत्रा  तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिए । 

आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यमिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पुर्‍याएको सहचालक तिमिल्सिनाले बताए । 

स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष् देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त उपकरण पूर्ण रूपमा क्षति पुगेकाले करोडौँको सम्पत्तिमा क्षति भएको निर्माण व्यवसायीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ