arrow

तीन महिनामा छ जनालाई गोहीले खायो

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
chitwan-crocodile.jpg

दार एस सलाम । तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो ।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो । यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए । उनले गोहीले आक्रमणमा परी मृत्यु भएका छजना मध्ये आफ्ना पिता पनि एक भएको बताए । उनले यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ