arrow

रुसले शहरमा हवाई आक्रमण गर्दा कम्तीमा ६ को मृत्यु

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
ukraine-keiv-attack-russia.jpg

एलभिभ । रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ । 

अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । 

देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ शहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् । 

क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ । 

“अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उनले भने । 

घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ