arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मिट कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
Screenshot 2022-04-18 181138.jpg

 काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक–एक दिने एजेन्ट भेटघाट र एटीएम–सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

बैशाख २ र ३ गते सम्पन्न कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । 

विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मिट कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’  भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै आएको छ । 

विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ