arrow

सेन्चुरी बैङ्कद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
centuary-bank-financial-closure.jpg

काठमाडौँ। सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ। प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एलसि इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो।

तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सेन्चुरी बैङ्कको एकल लगानी रहेको यस परियोजनामा बैङ्कको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी रहेको छ। यस परियोजनाका प्रवर्द्धकमा दीपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा हाइड्रोपावर परियोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने क्रममा रहेको छ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेन्चुरी बैङ्कले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ